साँढे ३ अर्ब रुपैयाँ खर्चिएको निर्वाचनमा १ करोड ८९ लाख मतदाता सहभागी : ४.७ प्रतिशत मत बदर

62

काठमाडौँ । जेन जी पुस्तोको बिद्रोहको बलमा गठन भएको सुशिला कार्की नेतृत्व अन्तरिम सरकारले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३ अर्ब ५४ करोड २८ लाख ७ सय ९६ रुपैयाँ मात्रै खर्च गरेको निर्वाचन आयोगले जनाएको छ ।

सो निर्वाचनमा गरिएको खर्च र सहभागी मतदाताका साथै बदर मतको प्रतिशत हेर्दा आयोगको मतदाता शिक्षा र सहभागी गराउने कार्यमा भने चुक्न पुगेको सहजै अनुमान लगाउन सकिन्छ ।

बिहीवार पत्रकार सम्मेलन गरि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारसँग कुल ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोढड ६६ लाख ९० हजार रुपैयाँ विनियोजन गरेको बताएका थिए । तर, आयोगले अन्तिम खर्च विवरण अनुसार ३ अर्ब ५४ करोड २८ लाख ७ सय ९६ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।

सो विवरण समेत उम्मेदवारहरुले करोडमा खर्च गरेर लाखमा विवरण सार्वजनिक गरे झै आयोगले पनि खर्बकै ननिक खर्च गरेर अर्बको हिसाव सार्वजनिक गरि नीतिगत भ्रष्टाचार गरेको बुझाई अर्थबीद्हरुको रहेको । यसले राज्यको ढुकुटीबाट ३ अर्ब ३२ करोड भन्दा बढी रकम वचत भएको दाबी आयोगले गरेको छ ।

आयोगले ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका सामग्रीहरू प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूबाटै खरिद गर्ने नीति लिएको थियो । यसले ढुवानी खर्च र केन्द्रमा हुने अनावश्यक खरिद प्रक्रियालाई घटाएको दाबी उनले गरेका छन् । उनले ढुवानी खचए कति घटाएको हो भन्ने बारे भने केही जानकारी दिएनन ।

आयोगले सरकारी स्वामित्वका संस्थाहरूसँग समन्वय गरी सामग्री खरिद र ढुवानीमा विशेष सहुलियत प्राप्त गरेको थियो । १३ प्रकारका जटिल सामग्री मात्रै केन्द्रबाट खरिद गरिएको बताएका छन्। उता निर्वाचन आायेगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर समेत ४ दशमलव ७ प्रतिशत भएको बताईको छ ।

अर्बकै हाराहारीमा मतदता शिक्षाको नाममा खर्च गरेको आयोगले यस पटकको निर्वाचनमा समेत उल्लेख्य म बदर भएको बताइएको छ । विशिष्ट परिस्थिति र भौगोलिक चुनौतीका बाबजुद १ करोड ८९ लाख भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेकामा अन्तिम नामावली अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम रहेको उनले बताएका छन् ।

जसमा महिला मतदाताको संख्या ९२ लाख ४० हजार १३१ र पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३५८ छ । अन्य लिङ्गी मतदाताको संख्या मात्र २ सय रहेको थियो । आयोगका अनुसार यसपटक औसत बदर मत ४ दशमलव ७ प्रतिशतमा भयो ।

प्रत्यक्षतर्फ ५ दशमलव ४५ प्रतिशत र समानुपातिकतर्फ ३ दशमलव ९५ प्रतिशत मत बदर भएको तथ्यांक आयोगले सार्वजनिक गरेको छ । मतदाता शिक्षा कार्यक्रममा आफु निकट केही संघसस्था र केही मिडियाका साथै नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिललाई बजेट निकासा गरेर मतदाता शिक्षाको नौटकी आयोगले गरेको थियो ।

देशभर मतदाता शिक्षाको नाममा मंहगो होटलको बन्द कोठाभित्र प्रेस काउन्सिल र पत्रकार महासंघको सयुक्त टोलीले सिमित व्यक्तीलाई सहभागी गराएर बजेट सक्ने काम मात्र भएको थियो ।

समाचार वर्गहरू