पार्टीको भ्रातृ संगठनको भूमिकाबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय कारबाहीको विषय हो : प्रवक्ता देवराज चालिसे

9

काठमाडौं । पार्टीको भ्रातृ संगठनको भूमिकाबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय कारबाहीको विषय बन्न सक्ने कांग्रेले चेतावनी दिएको छ । सानेपामा केन्द्रीय समिति बैठक जारी रहँदा प्रवक्ता देवराज चालिसेले पार्टीको विधानमै व्यवस्था भएका संस्थाले ‘म अलग भएँ’ भन्नु अराजनीतिक र अवैधानिक रहेको प्रष्ट्याए ।

उनले लोकतान्त्रिक पार्टीमा क्रिया प्रतिक्रिया राख्न पाइए पनि ती विषय विधानभित्र रहेर हुनुपर्ने सबैले सदस्य र समर्थकले ख्याल गर्नुपर्ने भन्दै सचेतसमेत गराए । पत्रकारमाझ चालिसेले भने, ‘नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत भ्रातृ संस्थाहरू पार्टीको विधानमै व्यवस्था भएका संस्थाहरू हुन् ।

नेपाली कांग्रेसले निर्माण गरेका संस्थाले म अलग भएँ भनेर घोषणा गर्नु कति राजनीतिक, वैधानिक र अर्थपूर्ण हुन्छ रु त्यो भन्ने मान्छेले बुझ्नुपर्ने कुरा हो र गर्ने मान्छेले बुझ्नुपर्ने कुरा हो ।’ पार्टी बैठकमा यो विषयले प्रवेश पाएको भन्दै उनले थपे, ‘यो पार्टीभित्रको अनुशासन र मर्यादाको विषय पनि बन्न सक्छ ।

सबै दृष्टिकोणले यो लक्ष्मण रेखाभन्दा बाहिरको विषय भयो ।’ सिनेटको निर्णय नमान्ने र अध्यक्ष दुजाङ शेर्पालाई कारबाहीको माग लिएर नेविसंघको एक टोली सानेपा पुगेको थियो ।

ज्ञापन पत्र बुझ्दै महामन्त्री गुरुराज घिमिरेले नेविसंघलाई अलग राख्दा नेपालको इतिहास नै अधुरो रहने भन्दै भ्रातृ संस्था रहनेरनरहने विषय पार्टीको क्षेत्राधिकारभित्र रहेको बताएका थिए । उनले यो विषयमा ढिला नगरी भ्रातृ संस्थाहरूका विषयमा संस्थागत निर्णय गर्ने बताएका छन् ।

समाचार वर्गहरू