कांग्रेसको नियमित १५ औंं महाधिबेशनको मिति तय गर्न मंगलबार केन्द्रीय कार्यसमितिको बैठक बस्दै

9

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दैछ । बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति तय गर्नेबारे छलफल हुने एक पदाधिकारीले जानकारी दिए । उनले भने, ‘भोलिको बैठकले पार्टीको १५औं महाधिवेशन मिति तोक्न सक्नेछ ।’ यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।

बैठकले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयबारे समीक्षा गरेको थियो । त्यस्तै पार्टी उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमाथि छलफल गरी उक्त प्रतिवेदनलाई दस्तावेजको रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो । शुक्रबार र आइतबार बसेको ‍बैठक उपसभापति शर्माको नेतृत्वमा बसेको थियो ।

बैठकले सभापति गगन कुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । यसअघिको बैठकमा सहभागी नभएका सभापति थापा भोलिको बैठकमा भने सहभागी हुने नेताहरूले बताएका छन् ।

समाचार वर्गहरू