गगन थापाकै सभापतित्वमा काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

49

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा मंगलबारको केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्।

सोमबार बसेको केन्द्रीय समिति बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरिसकेकाले भोलिको बैठकमा सहभागी हुने केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए।

उनले भने, ‘उहाँको राजीनामा बैठकले अस्वीकृत गरिसकेको छ। त्यसैले भोलिको बैठक उहाँकै सभापतित्वमा बस्छ।’

विशेष महाधिवेशनबाट आएको नेतृत्वको जिम्मेवारी एउटा चुनाव हार र जितसँग जोडेर हेर्न नमिल्ने तर्क गर्दै उनले पार्टीलाई सम्हालेर १५ औँ महाधिवेशनतिर पार्टीलाई लैजाने जिम्मेवारी सभापति थापाकै काँधमा रहेको बताए।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

समाचार वर्गहरू