ब्लड क्यान्सर पीडित बुद्धिमाईलाई एक लाख चालीस हजार आर्थिक सहयोग

95

काठमाडौ । सिन्धुपाल्चोक बलेफी-३, धुस्कोट निवासी बुद्धिमाई तामाङ विगत केही समयदेखि ब्लड क्यान्सरसंग लडिरहेकी छन्।

सामान्य किसान तामाङसंग सहज रुपमा क्यान्सर जस्तो घातक रोगको उपचार गर्ने हैसियत छैन । यस्तो अप्ठ्यारो अवस्थामा जनताकोलागि राज्य अभिभावक हुनुपर्थो तर राज्य जनताको दु:खमा बेखबर जस्तै छ ।

यो समस्या केवल बुद्धिमाईको मात्र होईन लाखौ नेपालीहरुको साझा समस्या हो । तामाङको आर्थिक अवस्थालाई ध्यानमा राखी केही मनका धनी व्यक्तित्वहरुले एक लाख चालीस हजार आर्थिक सहयोग गरेका छन् ।

बलेफी-३, निवासी राज तामाङ ( हाल अमेरिका ) को समन्वयमा छयत्तर हजार र बलेफी-३ , जीराती दाजुभाइ समुहबाट चौसट्ठी हजार सहित १ लाख ४० हजार २४२ रुपैयाँ सहयोग गरेको हो । सचेत र सेवाभावयुक्त समाज भए दु:खको बेला जिम्मेवार राज्यको काम समाजले गर्छ भन्ने यो गतिलो उदाहरण हो ।

समाचार वर्गहरू