बालेन्द्र साहको निर्देशनमा प्रधानमन्त्री कार्यालयको आन्तरिक सजावटमा व्यापक फेरबदल : ढुकुटीमा ठूलो आर्थिक भार

8

काठमाडौं । भ्रष्टाचार र अनियमिततालाई पूर्णरुपमा नियन्त्रण गर्ने गराउने भन्दै निर्वाचनमा गई विजय बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बालेन्द्र साह प्रधानमन्त्री बन्ने भएपछि देशको ढुकुटीमा ठूलो आर्थिक भार थप्दै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आन्तरिक सजावटमा व्यापक फेरबदल गरिएको छ।

आज शुक्रबार मध्यान्ह सपथ ग्रहण र दिउँसो २ बजे पदबहाली गर्न लागेका प्रधानमन्त्री साहको निर्देशनमा सो कार्यालयको सजावटमा व्यापक फेरबदल गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मंगलबार दिउँसो ज्योतिषले अवलोकन र निर्देशन दिएपछि हिजो विहिबार दिउँसो चार जनाको टोलीले प्रधानमन्त्रीको कार्यकक्ष,मन्त्रिपरिषद् बैठक कक्ष, कूटनीतिक भेटघाट कक्ष, राष्ट्रिय झण्डा, मेच टेबुल र सोफा सबै वास्तुशास्त्र अनुसार मिलाएको बताइएको छ । विहिबार दिउँसो प्रधानमन्त्रीको कुर्सीलाई उत्तरतर्फ फर्काइएको छ ।

यसअघि राख्ने गरिएको टेबुलको सिसा हटाइएको छ । राष्ट्रिय निशान चिन्हको स्थानसमेत परिवर्तन गरिएको बताइन्छ । प्रधानमन्त्री कार्यालयभित्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अबदेखि सिंहदरबारको कम्पाउण्डभित्र प्रवेश गर्न प्रधानमन्त्रीको सचिवालयबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीलाई यसअघि जेन जी समूहले कार्यालयमा पुगेर जथाभावी बोलेपछि अहिले सुरक्षा व्यवस्था कडा पारिएको स्रोतले बतायो । सिंहदरबारभित्र सर्वसाधारणको सेवासँग जोडिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग रहेकाले उनीहरुलाई उक्त सेवाका लागि थप समस्या हुने देखिएको छ ।

चैते दशैंको अष्टमीका दिन पारेर हिजो शुक्रबार साँझ र्याप संगीतमा गाइएको ‘जय महाकाली’ गीत बालेनले युट्युबमा सार्वजनिक गरेका छन् । चुनावी प्रचारको क्रममा खिचिएको भिडियोलाई समेटेर उनले आफ्नै शब्दमा स्वर राखेका छन्। आज रामनवमीको दिन प्रधानमन्त्रीले सपथ लिँदैछन् ।

१०८ बटुकबाट स्वतीवाचन गराउने,शंखध्वनी गराउने भनिएको शीतल निवासको सपथ समारोहमा बटुकको संख्यामा बौद्ध धर्मगुरुलाई पनि सहभागी गराईँदैछ । तर ती लामा नेपाली बौद्ध धर्मगुरुहरु हुनेछन् वा तिब्बती बौद्ध धर्मगुरु भन्नेबारे केही खुलाइएको छैन ।

समाचार वर्गहरू