प्रधानमन्त्रीमा बालेन्द्र साह नियुक्त

8

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको प्रमुखका हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भने शुक्रबार मध्यान्ह १२ बजेर ३४ मिनेटमा साहले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम समेत रहेको बताइएको छ ।

उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने उद्‍घोष गरेको थियो ।

समाचार वर्गहरू