सरकारको दिनगन्ती सुरु,देशलाई गृहयुद्धतर्फ धकेल्न खोजियो : एमाले सचिब बस्नेत

7

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो गर्ने चेतावनी दिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर्न माग गर्दै गलत निर्णयले दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको बताए।

उनले भनेका छन्, ‘के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको होरु देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन—कुन मोडेलतर्फ लैजाँदैछरु हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुधन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्‍यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन्रु’ तोडफोड भएका गाडीहरूको क्षतिपूर्तिबारे छलफल गर्ने भन्दै दुईतिहाइको दम्भ बन्द गर्न चेतावनी दिएका छन्।

उनले आन्दोलनमा प्रहरीसँग झडपपछि घाइतेहरूको उपचार र गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर्न माग गरेका छन्। यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्ने बताए।

उनले आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहने बताए।

समाचार वर्गहरू