सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७५ वर्ष पुर्‍याउन सिफारिस

96

काठमाडौं । सामाजिक सुरक्षा भत्ता पाउने उमेर वृद्धि गर्न सिफारिस गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा तयार पारिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा भत्ता पाउने उमेर बढाउन सिफारिस भएको हो ।

उक्त मार्गचित्रमा सामाजिक सुरक्षा भत्ता पाउने उमेर वृद्धि गरी ७५ वर्ष पुर्‍याउन सिफारिस गरेको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत भत्ता पाउने उमेर ७० वर्ष पुर्‍याएको थियो । २०७९ सालको निर्वाचन अगाडी यस्तो भत्ता पाउने उमेर ७० वर्ष नै थियो । तर, त्यसबेला शेरबहादुर देउवा नेतृत्वको सरकारले ६८ वर्षमै भत्ता दिने थालेको थियो । चालू आवबाट ७० वर्ष पुर्‍याइएको थियो ।

अहिले तयार पारिएको मार्गचित्रमा सामाजिक सुरक्षामा बढ्दो खर्चलाई मध्यकालिक खर्च संरचना अन्तर्गत व्यवस्थापन गर्न भनिएको छ । यसका साथै नगद भत्तालाई मात्र प्राथमिकता दिनुभन्दा स्वास्थ्य बीमा प्रिमियममा अनुदान दिई बीमालाई सामाजिक सुरक्षाको अनिवार्य अंक बनाउन सिफारिस गरिएको छ ।

समाचार वर्गहरू