प्रविधिलाई भन्दा पनि स्थानीय भौतिक संरचनालाई अध्ययन गरेर कार्यक्रम गर्नु पर्छ : सांसद श्रेष्ठ

11

काठमाडौं । खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत विकासमा थप योगदान पुर्‍याउने उद्देश्यसहित अभिमुखी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आयोजनमा आइतबार ठमेलको त्रिदेवीमार्गमा प्राकृतिक प्रकोपबाट खानेपानीका संरचनाहरुमा पर्ने असर र समाधानका विषयमा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

गोष्ठीमा पानीको स्रोत र संकलनलगायत अन्य विषयमा छलफल भएको थियो । धादिङ क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बोधनारायण श्रेष्ठले उद्घाटन गरेको सो कार्यशाला गोष्ठीमा सरकारको तर्फबाट र आप्mनो तर्फबाट पानीको स्रोत जोगाउने र संकलन गर्ने कार्यलाई जोगाउन गर्नु पर्ने कार्य गर्न र गराउने बताएका छन् । उनले प्रविधि पक्षलाईमात्र हेरेर नभई स्थानीय क्षेत्रमा भएको भौगोलीक अबस्थालाई बढी अध्ययन गरेर कुनै पनि कार्यक्रम गर्नु पर्नेमा जोड दिएका छन ।

सो गोष्टीमा राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठद्वारा आयोजित विचार गोष्ठी कार्यक्रममा सम्बन्धित क्षेत्रमा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । प्राकृतिक प्रकोपबाट प्रायः खानेपानीको संरचनाहरु क्षति भइरहने र त्यसको मर्मत–सम्भारका लागि सरकारी तथा गैर सरकारी तवरबाट करोडौंको हाराहारीमा बजेट बिनियोजन हुने भए पनि समस्या समाधान भने भएको देखिँदैन ।

यसको दिर्घकालीन समाधानका लागि सम्बन्धित क्षेत्रले चाल्नु पर्ने पहिल र खेल्नुपर्ने भूमिकाका विषयमा केन्द्रित कार्यक्रम सम्पन्न भयो । विशेष गरी खानेपानीका क्षेत्रमा वातावरण अनुकुतिल संरचनाहरुको निर्माणमा त्यहाँको भौगोलिक अवस्थाको बारेमा अध्ययन–अनुसन्धान गर्नुपर्ने विषयमा छलफल भयो । उद्‌घाटन कार्यक्रममा सो क्षेत्रमा कार्यतर विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ–आफ्नो प्रस्तुती समेत दिएका थिए ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारी, प्राविधिक र सरोकारवालालाई अनुसन्धानमा आधारित, व्यावहारिक तथा दक्षता अभिवृद्धिका तालिम प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा समेत लिइएको बताइएको छ । सो कार्यक्रममा खानेपानीको सेवा प्रवाहलाई अझ प्रभावकारी, जनमुखी र नवप्रवर्तनमैत्री बनाउन मद्दत पुग्ने समेत विश्वास लिइएको छ ।

आजको बदलिँदो प्रविधि र बढ्दो जनसङ्ख्याको सन्दर्भमा स्वच्छ, सुरक्षित र दिगो खानेपानी तथा सरसफाइ सेवाप्रवाहको आवश्यकता झन् बढेकाले यस्तो अवस्थामा यो केन्द्र अनुसन्धान र अभ्यासमा आधारित तालिम, नवप्रवर्तन र नीतिनिर्माणमा समेत सहयोगी बन्ने समेत बताइएको छ । गोष्ठीमा सिडियो योगेन्द्र चित्रकार, रमाकान्त दुवाडी लगायत अन्य विशिष्ट व्यक्तित्वहरुले आ–आफ्नो धारणाहरु राखेका थिए ।

समाचार वर्गहरू