असिम शाहको नेतृत्वमा संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन

97

काठमाडौं । नेपाल सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

‘संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

समितिको अध्यक्षता प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहले गर्ने निर्णय भएको उनले बताए ।

सबै दलहरूको सहभागितामा राष्ट्रिय सहमतिमा पत्र तयार हुने उनको भनाइ छ ।

समाचार वर्गहरू