भोलिदेखि रसुवागढी नाका १५ दिन बन्द हुने

75

काठमाडौँ । नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक रसुवागढी नाका  १५ दिन बन्द हुने भएको छ । यो नाका जोड्ने  स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड स्तरोन्नति गर्नका लागि बुधबारदेखि १५ दिन बन्द हुने भएको  हो ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका अनुसार सडकका १० वटा अप्ठ्यारा ठाउँमा रिटेनिङ वाल लगाउन र सडकलाई दुई लेनमा विस्तार गर्न यातायात बन्द गर्न लागिएको हो ।

आयोजनाका अनुसार आगामी ३ महिनासम्म प्रत्येक अंग्रेजी महिनाको १ देखि १५ तारिखसम्म सडक बन्द गरिनेछ । जसअनुसार यो पटक बुधबारदेखि २ वैशाखसम्म सडक बन्द रहनेछ । गत असार २४ गते चीनतर्फबाट आएको बाढीका कारण क्षतिग्रस्त बनेको यो खण्ड अहिले निकै साँघुरो र जोखिमपूर्ण छ ।

चीन सरकारको साढे ६ अर्ब रुपैयाँ अनुदानमा चिनियाँ कम्पनी ‘सिचाङ थियान्लु’ले यो १५.५ किलोमिटर सडकको स्तरोन्नति गर्ने जिम्मा पाएको छ । रासस

समाचार वर्गहरू