रास्वपाका उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता, कांग्रेसले उम्मेदवारी नदिने

13

काठमाडौँ । रास्वपाका उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । उनले सिंहदरबारमा पुगेर शुक्रबार आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ । सभामुखको निर्वाचन आइतबार हुँदैछ ।  नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली कांग्रेसका शीर्ष नेता बैठकले सो निर्णय गरेको हो ।

सभामुख पदमा उम्मेदवारी नदिने निर्णय भएको सो पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनले भने, ‘जनमतको सम्मान गर्दै शीर्ष नेताको बैठकले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । संसदलाई सहमति र सहकार्यको थलो कायम राख्न उम्मेदवारी नदिने निर्णय भएको हो ।’

समाचार वर्गहरू