एमाले बैठक, बादलको अभिव्यक्ति सच्याएर बालेनलाई धन्यवाद (पूर्णपाठ)

85

काठमाडौं । नेकपा एमालेको आकस्मिक बैठकले ६ वटा निर्णय गरेको छ ।

च्यासलमा बसेको बैठकले संसदीय दलको नेता निर्वाचनको विषयमा भइरहेको आलोचनाको प्रष्टीकरण दिँदै पार्टीको हस्तक्षेप नरहेको बताएको छ ।

बैठकले कावा अध्यक्ष रामबहादुर थापा बादलले हिजो सदनमा बोलेको विवादास्पद अभिव्यक्ति सच्याएको छ । हिजो प्रतिनिधिसभाको प्रथम बैठकमा बादलले नेपाली सेना, निजामती प्रशासन र संवैधानिक निकायका बारेमा दिएको अभिव्यक्तिको समीक्षा गर्दै ती निकायहरूप्रति पार्टीको सम्मान र सद्भाव यथावत रहेको बैठकको निर्णयमा उल्लेख छ ।

प्रतिनिधिसभा चुनावमार्फत् अभिव्यक्त भएको जनमतलाई सम्मान गर्ने एमालेको औपचारिक निर्णय छ । साथै वालेन्द्र शाह नेतृत्वको सरकार र निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायतमा धन्यवाद व्यक्त गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

सचिवालय बैठकले एमाले कार्यकर्ता तथा शुभेच्छुकहरू, विशेषगरी महिलाविरुद्ध लगातार साइबर आक्रमण भइरहेको भन्दै प्रतिवादमा उत्रिन र कानुनी उपचारमा सक्रिय हुन  पार्टीपङ्क्तिलाई आह्वान गरेको छ ।

विद्यार्थी संगठनहरू खारेजी र प्रतिबन्ध लगाउने निर्ण फिर्ता लिन आग्रह गरिएको छ । त्यस्तै सरकारी विज्ञापन निजी सञ्चार माध्यमहरू निषेधको निर्णयले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने एमालेको ठहर छ ।

समाचार वर्गहरू