कलाकार लम्सालबारे भ्रामक सूचना सम्प्रेषण नगर्न प्रहरीको अनुरोध

79

काठमाडौं । बलात्कारको आरोप लागेपछि पक्राउ परेका कलाकार सागर लम्साल (बले) का विषयमा भ्रामक र अप्रमाणित सूचनाहरु सम्प्रेषण नगर्न प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रेस विज्ञप्तिमार्फत् बलेमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको भन्दै उनको विषयमा भ्रामक र अप्रमाणित सूचनाहरु सम्प्रेषण नगर्न अनुरोध गरेको हो।

बलेलाई पक्राउपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। बलात्कार आरोप लागेपछि बले फिल्म ‘पाँच पाण्डेव’बाट निष्कासित भएका छन्।

‘यस सन्दर्भमा सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा समाचार एजेन्सीको नाममा विभिन्न प्रकारका अभिव्यक्ति, धारणा र सूचना सम्प्रेषित भएको प्रति ध्यानाकृष्ट भएको छ,’ काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जारी गरेको सूचनामा भनिएको छ, ‘लम्सालमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको विषयमा भ्रामक र अप्रमाणित सूचनाहरु सम्प्रेषण नगर्न नगराउन सबैमा हार्दिक अनुसारेध छ।

अमेरिकामा रहेकी एक युवतीले लम्साललाई बलात्कारको आरोप लगाएकी छन्। सामाजिक सञ्जालमार्फत उनले यसबारे खुलाएकी हुन्। घटना अनुसन्धानको लागि भन्दै प्रहरीले बलेलाई आइतबार पक्राउ गरेको हो।

समाचार वर्गहरू