रास्वपाको एकल सरकार गठन भएको ११ औं दिनमा मन्त्रीहरुको वरीयतामा हेरफेर : गुहमन्त्री गुरुङको घटुवा

6

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकार गठन भएको ११ दिनपछि मन्त्रीहरुको वरीयतामा व्यापक हेरफेर गरिएको छ । चैत १३ गते मन्त्रिपरिषद् गठन हुँदा गृहमन्त्री सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा रहेकामा चैत २४ गते राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गर्दा गृहमन्त्री सुदन गुरुङ पाँचौँ नम्बरमा पुगेका छन् ।

यसअघि १३ गते उनको वरीयता ३ नम्बरमा थियो । यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेको वरीयता २ नम्बर नै कायम छ भने यसअघि ४ नम्बरमा वरीयता भएका परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता अहिले ३ नम्बर कायम गरिएको छ ।

659698721_983333277684426_2780547393844068476_n

यस्तै ४ नम्बर वरीयतामा राखिएका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको वरीयता अहिले ६ नम्बरमा रहेको छ भने यसअघि ६ नम्बरको वरीयता रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अहिले ४ नम्बर कायम रहेको छ ।

यस्तै यसअघि ७ नम्बरमा रहेका पर्यटनमन्त्री खडक राज पौडेलको वरीयता अहिले १२ नम्बर पुगेको छ भने शिक्षा सस्मित पोखरेलको ८ नम्बरको वरीयता अहिले ११ नम्बर कायम गरिएको छ । यस्तै ९ नम्बरमा रहेकी स्वास्थ्यमन्त्री निशा मेहताको १० नम्बर, १० नम्बरमा रहेका डा विक्रम तिमल्सिनाको वरीयता अहिले १३ नम्बर कायम गरिएको छ ।

यसैगरी यसअघि ११ नम्बरमा रहेकी संघीय मामिला मन्त्री प्रतिभा रावलको अहिले ९ नम्बर, १२ नम्बरमा रहेकी कानुनमन्त्री सोविता गौतमको अहिले ७ नम्बर, १३ नम्बरमा रहेकी कृषि मन्त्री गीता चौधरीको अहिले १४ नम्बर, १४ नम्बरमा रहेका श्रममन्त्री दीपक साहको अहिले पुछारमा वरीयता रहेको छ ।

दीपक यसअघि ठगीमा मुछिएको भन्दै विवादमा तानिएका थिए । तर, उनको रेकर्ड हेर्दा उनले अदालतबाट सफाइ पाएको देखिएको थियो । अहिले फेरि उनले श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिलाएको भन्दै विवाद भएको छ । यस्तै यसअघि अन्तिममा वरीयता रहेकी महिलामन्त्री सीता वादीको वरीयता ८ नम्बर कायम भएको छ ।

समाचार वर्गहरू