मधेशका सांसदको जाहेरीमा महन्थ पक्राउ, करोड ३० लाखको थियो लेनदेन

70

काठमाडौं – महोत्तरीको मटिहानीमा रहेको लक्ष्मीनारायण मन्दिरका मानमहन्थ जगन्नाथ दास वैष्णव पक्राउ परेका छन्।

बैंकिङ कसुर मुद्दामा दासलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो। लामो समयदेखि फरार रहेको उनलाई महोत्तरीको मटिहानीबाट पक्राउ गरेको छ।

उनलाई नेकपा एमालेका मधेश प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरको जाहेरीपछि पक्राउ गरिएको स्रोतको भनाई छ।

वैष्णवलाई एक करोड तीस लाख बिगो मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वम्भरप्रसाद साहले जानकारी दिए।

पक्राउ वैष्णवलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको थियो।

उनीहरुबीच के प्रायोजनको लागि रकम लेनदेन भएको भन्ने विषय खुलेको छैन।

यसअघि पनि महन्थ वैष्णवीले रुपन्देही सहायक सिडियोको किर्ते हस्ताक्षर गरी ७० लाख निकालेको आरोपमा पक्राउ परेका थिए।

समाचार वर्गहरू