काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। शुक्रवार दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने तय भएको छ।
राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम चैत्र २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने तय भएको छ।
राष्ट्रपतिले सम्बोधन गर्ने तय भएको बैठकमा सबै सदस्यलाई औपचारिक पोशाकमा उपस्थितिका लागि आह्वान गरिएको छ।
