काठमाडौँ । प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओेली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । सर्वोच्चको आदेशअनुसार विहिबार छोडिएको बताइएको छ । जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको थियो ।
मुद्दा दायर गर्ने आधार र प्रमाण पर्याप्त नभएकाले छोड्न लागिएको महान्यायाधीवक्ता कार्यालय स्रोतले बतायो । सर्वोच्चले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा २६ गतेसम्ममा छोड्न आदेश दिएको थियो ।
प्रहरी र महान्यायाधीवक्ता कार्यालयबीच मुद्दा दायर नगर्ने सहमति जुटेको जनाइएको छ । सर्वोच्चको आदेश अनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने भनेर कागज आइसकेकाले अब छाड्ने प्रक्रिया अघि बढाइएको हो ।