नेपालको हालैको संसदीय निर्वाचन । विस २०८२ ले केवल सत्ता परिवर्तनको संकेत मात्र दिएको छैन, यसले नेपालको पुरानो राजनीतिक संरचनामाथि एक गहिरो प्रश्नचिन्ह खडा गरेको छ।
विशेषतः नेपाली काँग्रेस (नेका) का लागि यो परिणाम सामान्य पराजय होइन—यो एक युगको अन्त्यतर्फको स्पष्ट संकेत हो। अझ् गम्भीर कुरा के छ भने, यो पराजय आकस्मिक होइन । यो क्रमिक रूपमा संचित असफलताहरूको अपरिहार्य परिणाम हो।
प्रभुत्वको समय: जहाँबाट यात्रा सुरु भयो
विस २०४८ को पहिलो संसदीय निर्वाचनमा नेका करिब ३७–३८५ मतसहित स्पष्ट बहुमतमा पुग्दा, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० २९–३०५ मतसहित सशक्त प्रतिपक्षको रूपमा स्थापित भएको थियो।
२०५१ र २०५६ का निर्वाचनहरूमा पनि यी दुई दलबीच प्रतिस्पर्धा तीव्र रह्यो, तर मत प्रतिशतको हिसाबले दुवै दलले झण्डै दुई तिहाइ मत आफ्नो वरिपरि सीमित राखे। त्यो समयको निर्वाचन प्रणाली र राजनीतिक संस्कारले यी दुई शक्तिलाई स्थायित्व दिएको थियो।
संक्रमणको झट्का: माओवादी उभार र पुराना दलहरूको ह्रास
तर २०६४ को संविधानसभा निर्वाचनले यो स्थायित्व भत्काइदियो। नेकपा माओवादीको उदयसँगै नेका २१.१४५ मा सीमित भयो भने एमाले पनि २०५ वरिपरि झर्यो। यो केवल मत प्रतिशतको गिरावट थिएनस यो जनविश्वासको पहिलो ठूलो दरार थियो।
बिस २०७० मा केही सुधार देखिए—नेका २५–२७५ र एमाले २७–२९५ मा उक्लिए। २०७४ मा गठबन्धनको प्रभावले एमाले ३३–३४५ सम्म पुग्दा काँग्रेस पनि ३२–३५५ वरिपरि रह्यो। तर यी पुनरुत्थानहरू सतही थिए—आन्तरिक रूपान्तरण बिना प्राप्त भएका।
चेतावनीको वर्षस् २०७९
बिस २०७९ को निर्वाचन वास्तवमा निर्णायक मोड थियो। नेका समानुपातिकमा २३.१९५ र प्रत्यक्षमा २५.७१५ मतसहित ८९ सिट जित्दै ठूलो दल त बन्यो, तर त्यो विजयभित्र गहिरो चेतावनी लुकेको थियो। एमालेले समानुपातिकमा ३०.८३५ मत ल्याउँदै आफ्नो आधार देखायो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी को अप्रत्याशित उदय भयो—समानुपातिकमा १०.७०५ मत। यो परिणामले स्पष्ट रूपमा देखायो कि मतदाता अब पुराना दलहरूबाट विकल्प खोज्न थालेका छन्।
उनीहरू भ्रष्टाचारविरुद्ध कठोरता, सुशासन, रोजगारी, र परिणाममुखी राजनीति चाहन्थे। तर दुर्भाग्यवश, शेर बहादुर देउवा नेतृत्वको काँग्रेसले यसलाई गम्भीर संकेतको रूपमा लिएन। सत्ताको समीकरण र गठबन्धनमै ऊर्जा खर्च गरियोस,आत्मसमीक्षाको प्रक्रिया सुरु नै भएन। विस्फोटको क्षणस् २०८२ र त्यसको मूल्य २०८२ मा चुकाउनु पर्यो। राष्ट्रिय स्वतन्त्र पार्टी ले समानुपातिकमा करिब ४७.८४५ मतसहित १८२ सिट जित्दै दुई तिहाइ नजिकको ऐतिहासिक सफलता हासिल गर्यो।
यसको विपरीत, नेका १६/२४५ मा खुम्चिँदै ३८ सिटमा सीमित भयो, र एमाले १३–१४५ वरिपरि झर्दै २५ सिटमा पुग्यो। यो परिणाम केवल हार होइन—यो जनताको धैर्यको अन्तिम सीमारेखा पार भएको घोषणा हो। रवि लामिछाने र बालेन शाह जस्ता नयाँ अनुहारहरूले प्रतिनिधित्व गरेको राजनीति—जसले परिणाम, जवाफदेहिता र नयाँ सोचलाई केन्द्रमा राख्छ—त्यहीँ मतदाता आकर्षित भए।
भित्री विफलता: नेतृत्व र संरचनाको संकट
नेका भित्रको समस्या बाहिरको भन्दा गहिरो थियो। शेर बहादुर देउवा नेतृत्वले सुधारको ढोका खोल्नुको सट्टा गुटीय सन्तुलन जोगाउन प्राथमिकता दियो। अर्कोतर्फ शेखर कोइराला धारले वैकल्पिक दृष्टि दिनुपर्ने ठाउँमा अस्पष्टता प्रस्तुत गर्यो—आलोचना भयो, तर मार्गचित्र आएन।
सधैं गनगन मात्र। सबैभन्दा गम्भीर कुरा, गगन थापा, बिश्वप्रकाश जस्ता सम्भावित सुधारकलाई उकास्नुको सट्टा, उनीहरूलाई दबाबमा राख्ने, वैधानिक विवादमा अल्झाइराख्ने र नेतृत्वमा उभिन नदिने वातावरण सिर्जना गरियो। यसले पार्टीभित्रको सम्भावित पुनर्जागरणलाई नै रोकिदियो।
बदलिँदो मतदाता : नयाँ युगको संकेत
आजको नेपाली मतदाता बिस २०४८ को मतदाता होइन। उनीहरू इतिहासको भावनामा होइन, वर्तमानको परिणाममा विश्वास गर्छन्। उनीहरूलाई गुटको कथा होइन, कामको परिणाम चाहिन्छ।
उनीहरूलाई सत्ता समीकरण होइन, सुशासनको सुनिश्चितता चाहिन्छ।पुराना दलहरूले अझै पनि “गठबन्धनको गणित” मा राजनीति गरिरहँदा, जनताले “परिणामको गणित” रोजे।
(लेखक :जयप्रकाश आनन्द)
नेपाली काँग्रेस बदलिन्छ, कि इतिहास बन्छ ? कुनै समय संसदमा बहुमत प्राप्त पनि होईन, ठुलो पार्टीको रूपमा सरकार बनाएका मनमोहन अधिकारी नेतृत्वको एमालेको सरकारले संसदीय व्यवस्थाको लीक छोड्दै गएपछि गिरिजा प्रसाद कोईरालाले भन्नु भएको थियो—“यो नाथे सरकारलाई म फू गरेर ढाली दिन्छु।”
अन्तिम निष्कर्ष: कठोर सन्देश
यो परिणामलाई यदि अझै पनि सामान्य हारका रूपमा व्याख्या गरिन्छ भने, त्यो आत्मविनाशको मार्ग हुनेछ।
शेर बहादुर देउवा र शेखर कोइराला नेतृत्वप्रति प्रश्न अब टार्न मिल्दैन—कति हारपछि सुधार सुरु हुन्छरु कति पुस्ता गुमाएपछि नेतृत्व हस्तान्तरण हुन्छरु यथार्थ के हो भने, पार्टीभित्र सुधारको सम्भावनालाई जानाजान कमजोर पारिएको छ।
व्यक्तिगत शक्ति जोगाउने प्रयासमा संस्थागत भविष्य दाउमा राखिएको छ। अब विकल्प स्पष्ट छ—या त आमूल परिवर्तन, या त क्रमिक अन्त्य। अन्ततः, नेपालको राजनीतिमा नयाँ अध्याय सुरु भइसकेको छ।
अब प्रश्न यो मात्र बाँकी छ—नेपाली काँग्रेस बदलिन्छ, कि इतिहास बन्छ ? कुनै समय संसदमा बहुमत प्राप्त पनि होईन, ठुलो पार्टीको रूपमा सरकार बनाएका मनमोहन अधिकारी नेतृत्वको एमालेको सरकारले संसदीय व्यवस्थाको लीक छोड्दै गएपछि गिरिजा प्रसाद कोईरालाले भन्नु भएको थियो—“यो नाथे सरकारलाई म फू गरेर ढाली दिन्छु।”
यस्तो भन्न सक्ने र गरेर देखाई दिने नेताहरूबाट राजनीति सिकेका मेरा समकालिन काँग्रेसी मित्रहरू आज वकिल साहेबहरूलाई रामशाह पथको पेटीहरूमा पछ्याउदै मुद्दा शाखाका फाँट बालासंग पेशीको चिर्कुट लिएर आफ्ना लाचार समर्थकहरूलाई आशा बाट्दै छन् कि—“हाम्रो पक्षमा अदालतले फैसला दिएमा काँग्रेसलाई रूपान्तरण गर्नेछौ‘।!”
हरे शिव ! मुद्दाको पेशीका दिन दुब्लो हात्ती हैन, लुखुरे मुसा भएर रामशाह पथमा लम्पसार काँग्रेसीहरूका नाममा मैले बडो दुःखका साथ यो लेख्नु परेको हो‘। यो तस्वीर उही एक पूर्व काँग्रेसीको हो, जस्का मित्रहरू आज तेहीं छन्। (लेखक पूर्व कांग्रेस नेता तथा पूर्वसूचनामन्त्री समेत हुनुहुन्छ)
सत्यको जगमा टेकेर,यथार्थताको धरातलमा उभिएर, निष्पक्ष र न्यायका आँखाले हेरेर पत्रकारिताको मर्म र भावनालाई केन्द्र भागमा राखेर प्रचलित ऐन कानुनको परिधिभित्र रहेर सुशासनको पक्षमा देश र दुनियाँको आवाज बुलन्द गर्ने सञ्चारमाध्यमको नाम हो "मध्यबिन्दु अनलाइन" ।