रास्वपाले संसदीय समितिको सभापतिका उम्मेदवारको लगायो टुङ्गो (सूचीसहित)

55

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एक समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।

सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दललाई दिने भएको छ । संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

यी हुन् समितिका सभापतिहरू :

१) कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा

२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी

३) पूर्वाधार विकास समिति– आशिष गजुरेल

४) महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी

५) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल

६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन

७) सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)

८) १२) संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ

९) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी

१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की

११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास

१२) अर्थ समिति– कृष्णहरि बुढाथोकी

समाचार वर्गहरू