कांग्रेसले कान्छाराम तामाङलाई सोध्यो ३ दिने स्पष्टीकरण

89

काठमाडौं – नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ।

सोमबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कान्छारामलाई तीन दिने स्पष्टीकरण सोधेको हो ।

पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको समितिले विज्ञप्तिमार्फत जनाएको छ ।

कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ)बमोजिम ३ दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

समाचार वर्गहरू