यि हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

85

काठमाडौं – सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने सार्वजनिक निकायको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। अब केन्द्रले व्यावसायिक रूपमा सेवा तथा उत्पादनमूलक कारोबार गर्न पाउनेछ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालकाे १३औँ आइजिपीमा अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई नियुक्त गरिएको छ । उनले वैशाख १९ गतेदेखि जिम्मेवारी सम्हाल्नेछन्।

बैठकले भन्सार नियमावली, २०८३ पनि स्वीकृत गरेको छ।

यि हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१. सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
२. भन्सार नियमावली २०८३ स्वीकृत गर्ने ।
३. सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक श्री नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने ।

समाचार वर्गहरू