५ स्थानमा ड्राइभर्सन बगापछी बिपी राजमार्गमा यातायात बन्द

87

काठमाडौं – वर्षाको कारण बीपी राजमार्ग फेरि बन्द भएको छ । काभ्रे प्रहरीका अनुसार बीपी राजमार्ग रोशि गाउँपालिकाका ५ स्थानको ड्राइभर्सनमा रोशी खोला बाढीको कारण बाटो बन्द भएको हो।

मंगलबार रातीको बर्षाले घुमाउने, चौकीडाँडा, चारसय बेसी, चिउरीबास र बोक्सिकुनामा ड्राइभर्सन बगाएपछी बाटो बन्द भएको हो ।

जिल्ला ट्राफिक प्रहरी काभ्रे प्रमुख प्रहरी निरीक्षक सुनिल धाजुले मंगलबार बेलुका परेको पानीले गर्दा राजमार्ग बन्द भएको जानकारी दिए । उनका अनुसार रोशि खोला बढेपछि पूर्वबाट धुलिखेलतर्फ आउने सवारी खुर्कोटमा होल्ड गरिएको छ ।

बीपी राजमार्गको सिन्धुली-काभ्रे सडक बन्द भएपछि तराईतिरका सवारी साधन पुष्पलाल मार्गबाट रामेछाप, दोलखा हुँदै काठमाडौंतर्फ  लामो यात्रा गर्न बाध्य छन् । गत वर्षको बाढीले बीपी राजमार्ग पूर्ण क्षति पुगेपछि हाल सामान्य वर्षा भए सँगै राजमार्ग बन्द हुने गर्छ।

समाचार वर्गहरू