नेउवा महासंघ चुनावी सरगर्मी, व्यवसायीहरुको हकहितमा खुलेर लाग्ने छु : ध्रुव गौतम

13

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेसंगै महासंघको नेतृत्वमा पुग्ने व्यवसायीहरुको सूची समेत लामो रहेको छ । काठमाडौंमा हुन लागेको महासंघको ६० औँ वार्षिक साधारण सभा एवं निर्वाचन केन्द्रित गतिविधि तीव्र बन्दै गएको छ । महासंघ निर्वाचन समितिले उम्मेदवारीको प्रारम्भिक नामावली प्रकाशन समेत भई सकेको छ ।

चुनाव प्यानल नै बनाएर चुनाबी मैदानमा उत्रेका छन् । यसैबीच उद्योगी व्यवसायीहरुको समस्या र हकहितको पक्षमा बुलन्द रुपमा आवाज उठाउने र समस्या समधान गर्ने तर्फ आफु लागी रहने बताउदै उम्मेदवारी दिई सानादेखि ठूला व्यवसायीहरुसमेत मैदानमा उत्रेका छन् । प्यानलनै बनाएर वस्तुगततर्फको उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला नगर उपाध्यक्षद्वयमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माको समुह मैदानमा रहेका छन् ।

यसैबीच बस्तुगत संघको तर्फबाट नेपाल बोटल वाटर उद्योग महासंघका अध्यक्ष ध्रुवबहादुर गौतमले समेत उम्मेदबारी दर्ता गराएको गौतमले बताएका छन् । निजी क्षेत्र, समृद्ध अर्थतन्त्र मुल नारालाई सार्थक बनाउने कार्यमा आफ्नो तर्फबाट सह सहयोग गर्ने समेत बताएका छन् । उनले संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरुको हकहितमा काम गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

उनले ठुला, साना तथा मझौला उद्योगीहरुमा धेरै समस्या र चुनौतीका साथै नितिगत त्रुटिका कारणले उद्योगहरु संचालन गर्न कठिन र धारासाही हुदै गएका उद्योगहरु संचालन गर्न र गराउन समेत आफ्नो पक्षबाट पहल गर्ने समेत बताएका छन् । ।

कार्यकारिणी सदस्यहरू यसरी निर्वाचित हुन्छन्

सात प्रदेशका एक÷एक अध्यक्ष सबै सदस्य हुन्छन् । उद्योग वाणिज्य संघहरूको खुलातर्फबाट कम्तीमा दुई जना महिलासहित १७ जना, उद्योग वाणिज्य संघ सदस्यमध्ये प्रत्येक प्रदेशबाट निर्वाचित दुई जनाका दरले (प्रदेशगत उम्मेदवारी र समूहगत निर्वाचित हुने) सात प्रदेशबाट १४ सदस्य हुने विधानमा व्यवस्था छ ।

यस्तै वस्तुगत तर्फबाट निर्वाचित हुने कम्तीमा एक जना महिला सहित १४ जना, वस्तुगत महासंघमा १५ भन्दा बढी सदस्य भएमा निर्वाचित हुने २ जना, द्विराष्ट्रिय संघहरूबाट निर्वाचित १ जना र एसोसिएट्स सदस्यमध्येबाट कम्तीमा २ जना महिला सहित १७ जना सदस्य नियुक्त हुनेछन् ।

महासंघद्वारा प्रवद्र्धित नेपाल युवा उद्यमी मञ्चको (पदेन) अध्यक्ष, संस्थापक सदस्यहरू १२ मध्येमा २ जना सदस्य र अध्यक्षद्वारा मनोनीत सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा २ जना महिला सहित ७ जना सदस्य रहनेछन ।

मुलुकको अर्थतन्त्र शिथिल भएको समयमा हुन लागेको यो निर्वाचनले निजी क्षेत्र र सरकारबिचको पुलको काम गर्ने नेतृत्व चयन गर्नुपर्ने चुनौती छ ।

व्यवसायीहरूको साझा संस्था महासंघमा पदका लागि मात्र नभई, झन्झटिलो कानुनको संशोधन, लगानीमैत्री वातावरणको सिर्जना र साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न सक्ने जुझारु नेतृत्व अहिलेको आवश्यकता भएको व्यवसायीहरू बताउँदै आएका छन् ।

समाचार वर्गहरू