नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलबाट हटाइँदै

113

काठमाडौं। तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानबाट नेकपा एमालेको पार्टी कार्यालय हटाइने भएको छ।

२०५८ चैतमा तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानका लागि मन्त्रिपरिषद्बाट निर्णय गराएर १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गा भोगाधिकारमा लिइएको थियो।

भोगाधिकारमा लिएको उक्त जग्गा लिजमा परिणत नगरेपछि सरकारले खाली गराउन सूचना निकालेको छ। सरकारको सूचनासँगै नेकपा एमालेले पनि उक्त प्रतिष्ठानबाट पार्टी कार्यालय हटाउनु पर्ने भएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा र उक्त जग्गामा बनेको सरंचना खाली गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ। उक्त सूचनाले एमाले मुख्यालय सहित तुलसीलाल स्मृति प्रतिष्ठानको भवन समेत खाली गराउनु पर्ने भएको हो।

समाचार वर्गहरू