सरकारले विकल्प विना बस्ती खाली गराएको भन्दै काठमाडौंमा सुकुम्बासीको विरोध प्रर्दशन

5

काठमाडौं । सरकारले विकल्प विना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू काठमाडौंको माइतीघरमण्डलमा उपस्थित भएर प्रदर्शन गरेका छन् । काठमाडौंका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुमवासी बस्तीका नागरिकहरू सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले डोजर चलाउन बन्द गर, व्यवस्थापन गर, विस्थापन होइन न्याय देऊ, मानव अधिकार देऊ लगायत लेखेको प्लेकार्ड सहित प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्लेकार्डसँगै प्लेट, थाल र चम्चा ठटाएर विरोध जनाएका छन् । काठमाडौंका १६ बस्तीबाट नौ दिनमा १५ हजार बढी विस्थापित भएका छन् । सरकारले विस्थापितहरूलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको छ ।

समाचार वर्गहरू