अस्वभाविक रुपमा मूल्यवृद्धि भएका कारण निर्माण उद्योग ठप्प हुने स्थितीमा पुग्यो : निर्माण उद्योग परिषद

45

काठमाडौ । नेपाल निर्माण उद्योग परिषदले मध्यपूर्वमा जारी युद्धका कारण ईन्धन लगाएत निर्माण सामाग्रीहरुमा भईरहेको अस्वभाविक र अप्रत्यासित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितीमा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

परिषद्ले सो मूल्यवृद्धिका कारण भौतिक पूर्वाधार निर्माण क्षेत्रमा विकराल परिस्थिती उत्पन्न भएको जनाउदे जसको कारणबाट मूलूकको समग्र अर्थतन्त्रमा गम्भीर असर देखिन सूरु भईसकेको समेत शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।

परिषद्का महासचिब राम शरण देउजाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा अगाडी भनीएको छ,‘यसबाट निर्माण आयोजनहरु प्रवाभित मात्र भएका छैनन्, अर्थतन्त्रका धेरै सूचकहरु नकारात्मक हुन थालेको, मूल्य समायोजन नभएका कारण निर्माण व्यवसायीहरु काम रोक्न बाध्य हुनु पर्ने परिस्थिती आईसकेको छ ।’

तथापी सरकारले मूल्य समायोजन गर्ने तर्फ कुनै तदारुकता नदेखाएको, अनदेखा र बेवास्ता गरेको तर काम सम्पन्न गरेनन्, काम भएन भन्ने निहूँमा समाजमा स्थापित निर्माण व्यवसायीहरुलाई पक्राउ गर्ने, ठेक्काहरु तोड्ने, कालोसूचिमा राख्ने लगायतका कार्यहरु निरन्तर भईरहेको कारण बाध्य भएर निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघले सूरु गरेको ज्ञापन पत्र प्रस्तुत गर्ने, धर्ना बस्ने लगायतका विरोधका कार्यक्रमहरुमा यस परिषद एकवद्धता जाहेर गरेको समेत सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघले भविष्यमा आयोजना गर्ने विरोधका सबै कार्यक्रमहरुमा यस परिषदको सक्रिय सहभागिता रहने प्रतिवद्धता यसै प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्दछौं । साथै महासंघले उठाएका मागहरु यथाशिघ्र नेपाल सरकारले सम्बोधन गरोस् भनी नेपाल सरकार संग हार्दिक अपिल समेत गरेको महासचिब देउजाले बताएका छन् ।

सो संस्था निर्माण व्यवसायी ऐन २०५५ अनुसार सार्वजनिक निर्माण गर्न पाउने ईजाजत पत्र प्राप्त निर्माण व्यवसायीहरुलाई एकीकृत गर्दै राष्ट्रिय संस्थाको रुपमा नेपाल सरकारमा दर्ता भई निर्माण व्यवसायीहरुको हकहितका लागी स्थापित यस नेपाल निर्माण उद्योग परिषद विगत १५ वर्ष देखी क्रियासिल रहेको समेत जनाइएको छ ।

समाचार वर्गहरू