साहित्य सन्ध्याको ४७६ औँ शृङ्खला, कवि लक्ष्मण तिमिल्सिनाको दुई कृति लोकार्पण

52

काठमाडाैं – साहित्य सन्ध्याको ४७६ औँ शृङ्खला काठमाडाैंकाे बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा सम्पन्न भएकाे छ । साहित्य सन्ध्याको यो शृङ्खलामा सिन्धुपाल्चोकका कवि लक्ष्मण तिमिल्सिनाको ‘पुष्पाञ्जली’ खण्डकाव्य र ‘युग-सन्देश’ कवितासङ्ग्रह लोकार्पण भएकाे छ ।

कार्यक्रमका अतिथि साहित्यकारहरू डा.कृष्ण सुवेदी, डा. गोबिन्द आचार्य नगर प्रमुख मिठाराम अधिकारी उप प्रमुख अनिता लामाले संयुक्त रुपमा तिमिल्सिनाको ‘पुष्पाञ्जली’ खण्डकाव्य र ‘युग-सन्देश’ कवितासङ्ग्रह लोकार्पण गरेका हुन् ।

साहित्य सन्ध्याको नियमित मासिक ४७६ औँ शृङ्खलामा पुर्व राजदुत एवं राजनितिक विष्लेषक हिरण्यलाल श्रेष्ठले ‘नेपाली राजनितिमा भु-राजनितिक प्रभाव र वर्तमान परिवेश’ विषयमा प्रष्ट्याएका थिए ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी नगर उप-प्रमुख अनिता लामाले वर्तमान परिस्थितीलाइ समेटेर दमदार कविता वाचन गरेकी थिइन् । यस्तै महेशराज खरेल,वासुदेव अधिकारी पाँचथरे, नर्मदेश्वरी सत्याल, पारषनाथ आचार्य लगायतका दर्जनौं कविता, गीत, गजल वाचन गरेका थिए ।

कार्यक्रममा सिन्धुपाल्चाेककाे इन्द्रावती-५ का लालुपाते सांस्कृतिक परिवारका सदस्यहरू केदारनाथ आचार्य, तिर्थनाथ आचार्य, बिष्णुमणि आचार्य, भवनाथ आचार्य लगायतको उपस्थिति रहेको थियो ।

लोकार्पित कृतिमाथि डा.कृष्ण सुवेदी (भारद्वाज मित्र) र डा. गोबिन्द आचार्य ले विस्तृतरूपमा चर्चा परिचर्चा तथ गहन समीक्षा गरेका थिए । वि.सं.२०१६ सालमा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको धुसेनीमा माता सीतामाई तिमिल्सिना र पिता चन्द्रलोचन तिमिल्सिनाका सुपुत्रका रूपमा जन्मिएका थिए । शिक्षण पेसामा जीवन समर्पित गरी निवृत्त भएका लक्ष्मण तिमिल्सिनाको यसअघी मातृवन्दना कवितासङ्ग्रह प्रकाशीत भइसकेको छ ।

युवा व्यवसायी एवं कवि तिमल्सिनाका सुपुत्र रमेश प्रसाद तिमल्सिनाद्वारा प्रकाशित कृतिले पाठकको मनभित्र पुग्ने भाव सम्प्रेषण गर्ने क्षमता राख्दछन् । कृतिमा सामाजिक रूपान्तरणका लागि सङ्घर्षको आह्वान गरिएको छ ।

कार्यक्रम साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

समाचार वर्गहरू