सरकार विरोधी आन्दोलनमा नजान भौतिकमन्त्री लम्सालको सुकुम्बासीलाई आग्रह

7

रूपन्देही । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सुकुम्बासीलाई सरकार विरोधी आन्दोलनमा नजान आग्रह गरेका छन् । उनले दशैँसम्म सबै सुकुम्बासीले लालपुर्जा पाउने आश्वासन दिदै अहिले आन्दोलन गर्नुको अर्थ नरहेको समेत बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र रूपन्देही १ का मतदातासँग कुरा गर्ने क्रममा कसैको उक्साहटमा लागेर आन्दोलनमा नजान र गएको खण्डमा सरकारले सोही अनुसार कार्य गर्ने समेत बताएका छन् ।

उनले भने,‘हामी भनेको गफ नदिइकन काम गर्ने टोली हो, सधैँ त्यसै गर्नेवाला हो, हामीले पहिलो क्याबिनेटको बैठकमा सुकुमबासी समस्या सधैँको लागि समाधान गर्ने योजनाका साथ अघि बढाएका छौँ, त्यो सधैंको लागि समाधान गर्ने भनेर ५ कार्ययोजना बनायौँ, क्याबिनेटमा १०० दिनभित्र यसको के के गर्ने, के के गर्ने, के के गर्ने, एकदम टाइमलाइन अनुसार गएका छौं ।’

उनले भने, ‘अब यसमा काठमाडौँको केस भनेको त एकदमै अलग हो नि त । अरूलाई ढाँट्न त भएन नि, वर्षामा मान्छेहरू मरेको, समस्या भएकाले उनीहरुलाई विकलप चाहिएको हो ।’ उनले दोहो¥याए ‘हाम्रो काम गर्ने जुन शैली छ त्यही रफ्तारमा हिँडेका छौँ, दशैँसम्म सबैले पुर्जा पाउछन् आन्दोलनमा नजानु ।’

समाचार वर्गहरू