रास्वपा सांसदद्वय न्यौपाने र बास्कोटाको कामु प्रधान न्यायाधीश मल्लालाई चुनौती

6

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाउदै संसद बैठकमा नियमापत्ति गरेका छन् । प्रतिनिधिसभाको बैठकमा मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिस विरुद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएपछि उनीहरूले आपत्ति जनाएको बताइएको छ ।

चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको थियो । त्यसबारे अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘सर्वोच्च अदालत कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश भन्ने एउटा आदेश अहिले मिडियामा छरपस्ट आएको छ। यो आदेश इजलास संयुक्त हो कि, एकल हो कि, वा बृहत् इजलास हो कि, या पूर्ण इजलास हो कि, या संविधानको कुन धाराले गाइड गरेको इजलास हो, यहाँ देखिन्न ।

अदालतका आफ्ना मर्यादा र सीमा छन् ।’ कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएको भन्दै असन्तुष्टि जनाए । सांसद बास्कोटाले पनि मल्लको अभिव्यक्तिप्रति आपत्ति जनाइन् । उनले भनिन्, ‘उहाँले लडाइँ अझै बाँकी छ भन्नुभएको छ, को सँग लडाइँ बाँकी छ ? उहाँ त न्यायमूर्ति हो । उहाँले सरकारसँग लडाइँ अझै बाँकी छ भन्नुभएको हो ? राजनीति गर्न मन भए कोट खोलेर आउनुहोला हामी तयार छौँ ।’

सोही समयमा रास्वपाका सांसदका सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ। सांसदद्वयले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले उठेर विरोध जनाएका हुन्। अहिले एमालेका सांसदहरू गुरु बराल, ऐन महर, मोहम्मद इतियाक राईलगायत सांसद उठे।

सभामुखले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरू उठिरहेका छन्। एमालेका सांसदहरू उठेर निरन्तर विरोध जनाएपछि सभामुखले सांसद महरलाई बोल्न समय दिए। उनले संसद्मा विचाराधीन मुद्दाको विषयमा संसद्मा बहस गरेको भन्दै आपत्ति जनाए। संसद्मा अदालतको अपमान हुने गरी सत्तापक्षको सांसदहरूले अभिव्यक्ति भएको उनको भनाइ छ।

समाचार वर्गहरू