सरकारले सहकारी पीडितलाई फिर्ता गर्न खोजेको पैसाको स्रोत सार्वजनिक गर्न सांसद रार्ईको माग

6

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले सरकारले सहकारी पीडितलाई फिर्ता गर्न खोजेको पैसाको स्रोत खोजेका छन्। आजको संसद् बैठकमा उनले सरकारले अपारदर्शी ढंगले सहकारी पीडितको पैसा फिर्ता गर्न खोजेको भन्दै साम्पाङले बिरोध गरे।

उनले संसद्मा बारम्बार प्रश्न गर्दा पनि प्रधानमन्त्री र मन्त्रीहरू संसद् बैठकमा उपस्थित नभएको बताए। ‘सरकारले सहकारी पीडितलाई फिर्ता गर्न चाहेको पैसाको स्रोत केहोरु सुकुम्बासी समस्याको व्यवस्थापना कसरी गर्न चाहेको हो,’ उनले प्रश्न गरे, ‘मन्त्रीहरू संसद् बैठकमा आएनन्।

यो संसद्प्रति सरकार जिम्मेवार हुँनै पर्छ। जनताको प्रश्न राख्ने सदन हो यो। सरकारका मान्छेहरूलाई प्रश्न सोध्न पाइयोस्।’ उनले सरकारले सदनप्रति जवाफदेही नभएको र संसदीय मर्यादा कायम नगरेको आरोप लगाए। आज पनि बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सांसदले प्लेकार्ड देखाउँदै बिरोध गरेका थिए।

त्यसपछि मात्रै सभामुख डोलप्रसाद अर्यालले साम्पाङलाई दुई मिनेटमा आफ्ना भनाइ राख्न समय दिएका थिए। उनले श्रम संस्कृति पार्टीका सांसदलाई प्रतिनिधिसभाको मर्यादा कायम राख्न आग्रह गरे। नियमावली सम्झाउँदै उनले भने, ‘हर्कराज राज राईसहित श्रम संस्कृति पार्टीका माननीयहरूलाई नियमित रूपमा प्लेकार्ड देखाउने काम नगर्न म चेतावनी दिन्छु।’

समाचार वर्गहरू