सहकारीबाट किसानले लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा

39

भारत । तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले सहकारी बैंकहरूबाट सीमान्त किसानले लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने घोषणा गरेका छन्। सोमबार मुख्यमन्त्री विजयले सहकारी बैंकहरूबाट बाली ऋण लिएका ठुला किसानले पनि ५ हजार राहत पाउने घोषणा गरेका छन्।

तमिलनाडुका मुख्यमन्त्रीले आधिकारिक एक्स ह्यान्डलमार्फत उक्त जानकारी दिएका हुन्। मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालयमा भएको समीक्षा बैठकपछि यो घोषणा गरिएको हो। बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी. गान्धीराज, वित्त मन्त्री एन.मेरी विल्सन र वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

तमिलनाडु सरकारका अनुसार विजयको निर्णयले झन्डै १४ लाख २२ हजार किसानलाई लाभ नुहेनछ भने सरकारको थप २,०४४ दशमलव ४६ करोड खर्च हुने समेत उल्लेख गरिएको छ।

समाचार वर्गहरू