रसुवागढी नाकाका प्रमुख सहित ९ जना भन्सार विभाग तानियो : कोरला नाका भित्रिएको गाडीको छानविन सुरु

9

काठमाडौं । रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारीलाई जिम्मेवारीबाट हटाउँदै भन्सार विभाग तानेको छ।

अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिले गरेको सिफारिसअनुसार थप अनुसन्धानका लागि जेठ २० गते रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको बताइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ । यस्तै मुस्ताङको कोरला नाकाबाट भन्सार जाँचपास भएका कारका सन्दर्भमा पनि अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत रूपमा छानबिन प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।

अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवद्वयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अनुसन्धान टोली यतिबेला पनि फिल्डमै पुगेको बताइएको छ ।

प्रारम्भिक रूपमा भन्सार छलीको आशंकामा सुरक्षाकर्मीको सहायतामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनीमाथि अनुसन्धान चलिरहेको छ।

यसको विस्तृत विवरण आउने नै छ। तर छानबिन चलिरहेकै बेला अर्थमन्त्री र मन्त्रालयका जिम्मेवार अधिकारीहरू सहित अर्थमन्त्री डा.स्वर्णिम वाग्ले समेत सो अबैधधन्दाको कमिशनमा लोभिएको आरोप लगाइएको छ ।

समाचार वर्गहरू