रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी निर्वाचित

38

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन्।

सभापति पदमा उम्मेवादी दिएका अन्य तीन उम्मेदवारलाई पछि पार्दै त्रिपाठी विजयी भएका हुन्। रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ। त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएका हुन्।

शुक्रबार शुरु भएको रास्वपाको पहिलो गण्डकी प्रदेश अधिवेशनमा सभापति पदका लागि मात्र ४ जनाले उम्मेदवारी दिएका थिए।

त्रिपाठीले २३४ मत पाएर निर्वाचित भएको रास्वपा गण्डकीका पूर्व महामन्त्री अशोक खड्काले जानकारी दिए।

त्रिपाठी यसअघि प्रदेश समिति महामन्त्री थिए। सभापति पदमा दोहोरिन चाहेका प्रतिनिधी सभा सांसद राजन गौतमले १८२ मत पाए भने सभापतिकै उम्मेदवार माधव पनेरुले ११ मत र डा। हरि कार्कीले जम्मा २ मत पाएका थिए।

शुक्रबार राती भएको मतदानमा कुल ७८० अधिवेशन प्रतिनिधी रहे पनि ४३७ जनाले मतदान गरेका थिए ।

समाचार वर्गहरू