राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालको ‘चियादानी’ १२५ लाख रुपैयाँ कर छली

7

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाल माथि कर छलीको गम्भीर आरोप लागेको छ । उनी साझेदार रहेको ‘चियादानी’ नामक व्यवसायले ७५ लाख सहित १२५ लाख रुपैयाँ  कर छलेको दाबीसहित आन्तरिक राजस्व कार्यालयमा उजुरी  परेको छ। भैरहवाकी रोशिका राणा (सांकेतिक नाम) बाट आजको मिति रहेको उजुरीमा पौने एक करोड बराबर कर छली उजुरीरसूचना तथा सो अनुसन्धान गरी पाउँ भन्ने व्यहोरा उल्लेख छ ।

उक्त संस्थाले कर छल्न हुक्का र चियाबाट भएको आम्दानी लुकाएको उजुरकर्ताको दावी छ । उजुरीअनुसार संस्थाले शुरुवाती महिनामै ३० लाख रुपैयाँभन्दा बढीको कारोबार गरे पनि मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको छैन । हालसम्म करिब साढे ३ करोड रुपैयाँ कारोबार गरेको तर राजस्व छल्नकै लागि जानाजान भ्याटमा नगएको दाबी गरिएको छ ।

संस्थाले शुरुवाती महिनामै ३० लाख रुपैयाँभन्दा बढीको कारोबार गरे पनि मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको छैन । हालसम्म करिब साढे ३ करोड रुपैयाँ कारोबार गरेको तर राजस्व छल्नकै लागि जानाजान भ्याटमा नगएको दाबी गरिएको छ । नेपालको कानुनअनुसार ३० लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसाय अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

तर,महिनामै ३० लाखको कारोबार हुँदा पनि भ्याटमा दर्ता नभएको चियादानीले कर छलीको प्रमाण मेटाउन प्यान नम्बरसमेत परिवर्तन गरेको जिकिर लिइएको छ । उक्त व्यवसाय चिया पसलका रूपमा सञ्चालन भए पनि वास्तविक आम्दानी हुक्काबाट हुने उल्लेख गरिएको छ । हुक्काको न्यूनतम मूल्य प्रतिइकाइ ४९० रुपैयाँ रहेको र दैनिक ६० देखि ११० वटासम्म बिक्री हुने गरेको दावी पनि गरिएको छ ।

उजुरीमा आरोप प्रमाणित गर्ने केही आधार प्रस्तुत गर्दै थप पुष्टिका लागि तत्काल छानविन माग गरिएको छ । त्यसनिम्ति फोन पे मार्फत् प्राप्त भुक्तानी विवरण जाँच,बैंक खाताहरूको स्टेटमेन्ट परीक्षण,हिसाब राख्न प्रयोग गरिएको कम्प्युटर तथा लेखा सफ्टवेयर जफत,सञ्चालकहरूको व्यक्तिगत बैंक खाताको छानबिन र सिसिटिभी हार्ड डिस्क जफत गरी अध्ययन गर्न उजुरकर्ताको सुझाव छ ।

प्रधानमन्त्रीका विश्वासपात्र तथा जननिर्वाचित सांसदमाथि कर छलीजस्तो गम्भीर आर्थिक अपराधको आरोप सामान्य होइन । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसमेत आर्थिक विधेयकमा चलखेल गरेको तथा करका दर हेरफेरको सूचना चुहाएर व्यापारी पोसेको आरोपमा मुछिएका बेला यो प्रकरणले थप प्रश्न उठाएको छ । शंखमूलमा अवस्थित चियादानी सुवास शर्माको नाममा दर्ता रहेको छ भने सांसद खनाल साझेदार छन् ।

कैलालीबाट प्रतिनिधिसभा सदस्य रहेका उनी प्रधानमन्त्री बालेन साहका विश्वासपात्रको रूपमा चिनिन्छन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनी फोहोर व्यवस्थापनमा समेत संलग्न थिए । पूर्वी नेपालका ८३ वटा चिया उद्योग भारतीय अवरोधका कारण प्रभावित भइरहेका बेला गत शनिबार प्रधानमन्त्री बालेन चियादानीमा चिया पिउन पुगेका थिए ।

उनले छाता ओढेर चिया पिइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल गराइयो । बालेन पहिले पनि उक्त पसलमा जाने गरेको बताइन्छ । प्रधानमन्त्रीका विश्वासपात्र तथा जननिर्वाचित सांसदमाथि कर छलीजस्तो गम्भीर आर्थिक अपराधको आरोप सामान्य होइन । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसमेत आर्थिक विधेयकमा चलखेल गरेको तथा करका दर हेरफेरको सूचना चुहाएर व्यापारी पोसेको आरोपमा मुछिएका बेला यो प्रकरणले थप प्रश्न उठाएको छ ।

तर, आफ्ना मान्छेलाई जोगाउने नीति नै लिएको सरकारले प्रधानमन्त्रीका विश्वासपात्रमाथि छानबिनको आँट गर्नेमा धेरैले विश्वास गरेका छैनन् । आन्तरिक तथा बाह्य दबाबका कारण छानबिन भैहाले पनि सुधन गुरुङलाई चोख्याएर गृहमन्त्रीमा फर्काएजस्तै नहोला भन्न सकिन्न ! भन्दै जनआस्था साप्ताहिकले समाचार प्रकाशन गरेको छ ।

समाचार वर्गहरू