सुनको भाउ प्रतितोला ११ सयले बढ्यो

15

काठमाडौँ, साझा खवर संवाददाता –  विगत डेढ महिना देखि निरन्तर उकालो लाग्यो । केही दिन अघिबाट सामान्य गिरावट आएको सुनको भाउ सोमबार पुनः उकालो लागेको छ ।

सुनको भाउ सोमबार प्रतितोला ११ सय रुपैयाँले बढेको छ । सुनको मूल्य बढेसँगै प्रतितोला ७१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विगत तीन दिन देखि सामान्य उटारचढाव आएको सुनको भाउ सोमबार एकै पटक प्रतितोला ११ सय रुपैयाँले बढेको हो । सुनको मूल्यमा आएको उटारचढावले नेपालमा बजारमा कारोबार नै प्रभावित बनेको थियो । केही दिन देखि सुनको मूल्य ओरालो लाग्न सुरु गरेकाले व्यापार राम्रो हुने अपेक्षा व्यवसायीहरुको छ । सुनको भाउ बढेपछि झण्डै एक महिना नेपाली बजारमा सुनको कारोबारमा हृवात्तै गिरावट आएको व्यवसायीहरु बताउँछन् ।
सुन हिजो ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेको छ । हिजो ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

समाचार वर्गहरू