(काठमाडाैं) – नेपाल प्रहरीको नायब निरीक्षक हुँ भन्दै ठगी गरेको अभियोगमा रामेछाप मन्थलीका राजु कार्की काठमाडौंबाट पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकका लक्ष्मण गिरीलाई ठगी गरेको उजुरीपछि महानगरीय अपराध महाशाखाको टोलीले २६ वर्षीय कार्कीलाई कलंकीबाट पक्राउ गरेको हो ।
कार्की यसअघि पनि ठगीमा मुद्दामा ६ महिना कैद भुक्तान गरी २०७३ सालमा धरौटीमा छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।