नेकपा केन्द्रीय कमिटी बैठक आजै समापन हुने

47

मध्यबिन्दु/काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठक आजै समापन गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कमिटीका सदस्यहरुले राखेका जिज्ञासा र सुझावलाई सम्बोधन गर्ने गरी नेताहरुबीच सचिवालय बैठकमा छलफल भएको बैठकपछि नेकपा प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

चार दिनअघि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । समूहगत छलफल सकिएपछि अध्यक्ष र महासचिवले आजै जवाफ दिने र बैठक समापन गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।

समाचार वर्गहरू