कार्यालय सहयोगी यादवविरुद्ध भ्रष्टाचार मुद्दा

30

(काठमाडाैं) – जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कार्यालय सहयोगी केशव कुमार यादवलाई ४ हजार रुपैयाँ घूस लिएको आरोपमा विशेष अदालमा मुद्दा दायर गरेको हो । अभद्र व्यवहार मुद्दा पेशीमा राखी टुंग्याई दिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले यादवलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा कार्यरत कार्यालय सहयोगी यादवले सेवाग्राही समेत विरुद्धको सोही कार्यालयमा विचाराधीन रहेको अभद्र व्यवहार सम्बन्धी मुद्दाको छिटो पेशी चढाई टुंग्याइदिने प्रयोजनको लागि घूस लिएको खुलेको छ ।

यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय मागदाबी गर्दै आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

समाचार वर्गहरू