मध्यविन्दु/काठमाडौं– बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टीका नेतालाई उन्मुक्ति दिएको भन्दै नेपाल महिला संघले प्रदर्शन गरेको छ । संघले अख्तियारविरुद्ध माइतीघर मण्डलामा सोमबार प्रदर्शन गरेको हो । ललिता निवासको जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति दिएको र अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै महिला संघले प्रदर्शन गरेको हो ।
कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद् सदस्य विरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसद र सडकमा बिरोध गर्दै आएको छ । केही दिनअघि अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
