अमेरिका ३५ रनमा अलआउट, सन्दीपले ६ र सुशनले ४ विकेट लिए

39

(काठमाडौं) – आईसीसी विश्वकप छनोट क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा सन्दीप लामिछाने र सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि ३६ रनको लक्ष्य दिएको छ ।

नेपाली लेगस्पिनर चम्किएपछि अमेरिका १२ ओभरमा ३५ रन बनाएर अलआउट भयो । नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । यस्तै सुशन भारीले ४ विकेट लिए । अमेरिकाका ब्याट्सम्यानहरु क्रिजमा चल्न नसक्दा ३५ रनमै समेटिए ।

पहिलो ओभर करण केसीले मेडन खेलेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले । त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो । यस्तै सुशन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिए । अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन जोड्न बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

समाचार वर्गहरू