स्ववियु निर्वाचन नगराउने खेलमा सरकार : महामन्त्री तिमल्सिना

65

(रामेछाप) – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर चुनाव नगराउने खेलमा सरकार लागेको आरोप लगाएका छन् ।

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा बिहीबार नेवि संघ क्याम्पस इकाईद्वारा आयोजना गरिएको स्ववियु निर्वाचन सम्बन्धि छलफलमा महामन्त्री तिमल्सिनाले स्ववियु निर्वाचन सम्बन्धि नेविसंघसँग कुनै सरसल्लाह तथा छलफल नै नगरि तालिका सार्वजनिक गरेको आरोप लगाए ।

निर्वाचन सम्बन्धी तालिकासमेत सामाजिक संजाल मार्फत आफूहरुले जानकारी पाएता पनि आधिकारीक रुपमा भने जानकारी नभएको उनले बताए । निर्वाचन समितिमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रमुख रहने व्यवस्था भएता पनि शिक्षाध्यक्ष नियुक्त नगरी कोरा निर्वाचन तालिका सार्वजनिक भएकोमा नेविसंघको आपति रहेको बताएका छन् ।

यद्यपि नेविसंघ निर्वाचनको पक्षमा रहेको जानकारी गराउँदै तिमल्सेनाले स्ववियु निर्वाचनको तयारीमा लाग्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गरे ।

समाचार वर्गहरू