एजेन्सी – बार्सिलोनाका कप्तान लियोनल मेस्सी फिफा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।
सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले फिफा वर्ष खेलाडी ’दी बेष्ट’ अवार्ड जितेका हुन् । बार्सिलोनाका कप्तान मेस्सीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सीले २०१८ ०१९ को सेसनमा ५८ खेलबाट ५४ गोल गरेका थिए ।
त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड मेगान रापिनोईले जितिन् । यता, फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जित्दा महिलातर्फको अवार्ड जिल एलिसले जितिन् ।
वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड हंगेरीका डानियल जेसोरीले जिते । सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड जिते । फिफा वर्ष महिला गोलकिपर अवार्ड एट्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जितिन् । फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेको छ ।