कोरोनाको प्रकोपका कारण आईफोनको आपूर्ति प्रभावित हुने

41

मध्यबिन्दु/बीबीसी – विश्व चर्चित प्रविधि कम्पनी एप्पलले चीनमा फैलिएको कोरोनाभाइरसको प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्ने जनाएको छ । अमेरिकामा मुख्यालय रहेको यस कम्पनीले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र “विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्ध“ हुने बताएको छ ।

एप्पलले यो वर्षको पहिलो त्रैमासिकमा सर्वाधिक ६७ अर्ब अमेरिकी डलर आय हुने अनुमान गरेको थियो । यद्यपी आफ्नो आय कति प्रभावित भएको छ भन्ने विवरण भने कम्पनीले सार्वजनिक गरेको छैन ।
कोरोनाभाइरसका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको स्वीकार गर्ने एप्पल पहिलो अमेरिकी कम्पनी हो ।

चीनमा अवस्थित अधिकांश पसलहरू बन्द भएका वा थोरै समय मात्रै सञ्चालन हुने गरेकाले आफ्ना उत्पादनको विक्रीवितरण घट्ने एप्पलले जनाएको छ । आईफोन उत्पादन गर्ने उसका साझेदारहरू हुबेइ प्रान्तबाहिर छन् । यद्यपी ती सञ्चालनमा आइसके पनि अपेक्षा गरेभन्दा सुस्त गतिमा विक्रि भएको जनाइएको छ ।

समाचार वर्गहरू