सभामुख कृष्णबहादुर महराले दिए राजीनामा

17

काठमाडौं -सभामुख कृष्णबहादुर महरामाथि पदबाट राजीनामा दिएका छन्। संसद सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।

सोमबारदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ पत्रमा भनिएको छ।

तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख पदबाट मात्र राजीनामा दिएको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले अनलाइनखबरलाई बताए ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।

महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

समाचार वर्गहरू