बालुवाटारमा वामदेव ओलि भेटघाट जारी

45
(काठमाडौं) –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आज  ४ बजे बस्ने भनिएको सचिवालय बैठक अघि छलफलका लागि नेताहरुको दौडधुप चलिरहेको छ । यसै क्रममा उपाध्यक्ष गौतम प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

बुधबार बसेको सचिवालय बैंककमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गौतमलाई कोरोनापछिको प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि  त्यसको ठोस छलफल र निर्णय गर्न आज सचिवालय बैठक बोलाइएको हो । सोही कारण पनि गौतम प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको आंकलन गर्न सकिन्छ ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को पछिल्लो राजनीतिक विवाद चर्किएको वर्तमान अवस्थामा सांसद समेत नरहेका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्ष ओलिले कोरोना पछिको प्रधानमन्त्री घोषणा गरेसँगै नेकपामा शक्ति प्रदर्शनको होडबाजी चलेको हो । गणितीय हिसाबले स्थायी समिति तथा संसदीय समिति दुबै तिर अल्पमतमा रहेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलि आफ्नो दुबै पद जोगाउने कसरतमा जोड्तोड्ले लागेका छन् भने नेपाल दाहाल समूहले ओलिको राजिनामा मागेको अवस्था छ ।

 

समाचार वर्गहरू