आइजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

13
तस्बिर : नेपाल प्रहरी

काठमाडौं –  इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक आइजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान गरेका छन् । यही असोज २८ देखि कात्तिक १ गतेसम्म चिलीको सान्टियागोमा सञ्चालन हुने इन्टरपोलको ८८ औं महासभामा भाग लिन खनाल आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

आईजीपी खनालसँगै केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी समेत चिली गएका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

आईजीपी खनालको नेतृत्वको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गरेका थिए ।

समाचार वर्गहरू