दल परिवर्तन गर्दा वडाअध्यक्षको पद खारेज

39

(बैतडी) – निर्वाचन आयोगले बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष प्रेमसिँह  धामीको पद खारेज गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष पार्टी परिवर्तन गरि नेकपामा प्रवेश गरेपछि उक्त पद खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले गत चैत ६गतेको निर्णयले धामिको पद खारेज गरेको भए पनि निज धामीले अध्यक्षको हैसियतले गर्ने काम गरिरहेका छन । आयोगको निर्णय गाउँपालिकामा जानकारी नभएको गाउँपालिका प्रवक्ता अक्कल बहादुर रानाले जानकारी दिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित धामी नेकपा प्रवेश गरेपछि नेपाली कांग्रेस केन्द्रिय कार्यालयले निर्वाचन आयोगलाई दल त्यागेको बारेमा जानकारी गराएको थियो । त्यसकै आधारमा आयोगले सूचना प्रकाशित गर्दै धामिको वडा अध्यक्ष पद खारेज गरेको जानकारी गराएको हो ।

समाचार वर्गहरू