राष्ट्रपति भण्डारीद्वारा तीन वटा विधेयक प्रमाणीकरण

15

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक सोमबार प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकहरु प्रमाणीकरण गरेकी हुन् ।

प्रमाणीकरण हुने विधयेकमा राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र सेफगाड्रर्स, एन्टी – डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको राष्ट्रपति कार्यालय द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समाचार वर्गहरू